शंका गर्छौ मधेशी माथी बेच्छन कि जनकपुर ?
मधेशिले सत्ता खोस्लान कि भनी गङ्गासम्म भारतलाई बेच्यौ,
आफ्नो सत्ता टिकाइ राख्न चेली पनि भोटलाई बेच्यौ ।
फुर्ती गर्छौ बिरताको जिन्दगी बित्छ बिदेशीकै गुलामिमा,
गुलामीको तक्मा भिरी शान देखाउछौ नेपाली भुमिमा ?
आफु पुग्छौ दिल्ली दैलो रास्ट्रवादि कहलाउछौ,
एउटा मधेसी लैनचौर जादा भारतिय हस्तक्षेप भनी रुन्छौ कराउछौ ।
पहिचान र अधिकार माग्ने जनतालाई बिदेशी भनी भड्काउने,
आफ्ना पुर्खा सखा भारतबाटै आउदा लाजै पचाउने ।
तिमिभन्दा कम रास्ट्रवादी मधेशी पनि छैनन,
आफ्नो पहिचान र अधिकार नलिइ पछि हट्ने छैन ।
तिम्रो उपनिवेश अब मधेशमा चल्दैन,
मधेश बिरोधिको दाल अब मधेशमा गल्दैन ।
मिलेर बसे दाजुभाइ नाता गासी बस्छौं,
मधेसी पहाडी मिलेर देश बिकास गर्छौ,
मिलिजुली समुन्नत नेपालको आधार जोड्छौं,
धोखाधडी षडयन्त्र गरेमा डाडा पारी धपाउछौं ।
No comments:
Post a Comment