Janapath is a national weekly newspaper of Nepal publishing from Kathmandu.
Saturday, November 28, 2015
सिङ्गो नेपालको इज्जत लिलाम गर्ने लाई तुरुन्त बर्खास्त गरि कार्बाही गर्नुपर्छ । - C.N. Khadga
कतिपय मन्त्री तथा उपप्रधानमन्त्री समेतले भनेका छन् कि भारतले नेपालको १५ वटा जिल्ला हड्पेर भारतमा मिलाउन षड्यन्त्र गर्दैछ रे । यो धेरै ठूलो आपातकालिन अवस्था हो । देसको उपप्रधानमन्त्री जस्तो गरिमामय व्यक्तिकै मुखबाट यो सार्वजनिक हुनु भनेको सरकारसँग यसको पर्याप्त प्रमाण अवस्य पनि होला । यस्तो परिस्थितिमा सरकारले अबिलम्ब भारत बिरुद्ध युद्धको घोषणा गर्नुपर्छ । वीर गोर्खलीको सरकार यस्तो गम्भीर परिस्थितिमा किन खुट्टा कमाएर चुप लागेर बसेको ? हामी सम्पुर्ण नेपाली साथ छौं । तर बास्तवमा त्यस्तो होइन रहेछ र मन्त्रीहरूले बोलेको राजनितिक भासण मात्र हो भने नेपाली जनता तिमिहरुलाई जुत्ताको माला लाउन ढिलो गर्दैन । उपप्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर पनि यस्तो गैरजिम्मेवार वक्तव्य दिदै हिडेर जनतालाई मूर्ख बनाउने, त्रास फैलाउने र दुनियाँमा सिङ्गो नेपालको इज्जत लिलाम गर्ने लाई तुरुन्त बर्खास्त गरि कार्बाही गर्न वा स्वयं त्यसको जिम्मेवारी लि आफ्नो पद बाट राजिनामा गर्न प्रधान्मत्री खड्ग प्रसाद ओलिसङ्ग जोडदार माग गर्दछु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment