अख्तियारले ठूलो माछा समात्ने क्रममा प्रथम चरणमा पुर्बप्रधानमन्त्री सहित २ दर्जन बढी राजनितिग्यहरुलाई पत्र काटे जसबाट #काङ्ग्रेस #एमाले र #माओवादी पार्टी भित्र निकै खैलाबैला मचायो । नेताहरुले त प्रतिशोधमा अख्तियार प्रमुख लोकमान सिङ्ह कार्की माथी महाभियोग लगाउनेसम्मको कुरा पनि गरे । त्यस्तै दोस्रो चरणमा सशस्त्र प्रहरिका आइजिपी र डिआइजी समेत माथी हात हालेर निकै साहस देखाएको छ । आइजिपिले स्वयं राजिनामा दिए भने अन्यलाई सरकारले निलम्बन गरेको छ । देशको प्रमुख सुरक्षा अङ्गका सर्बोच्च अधिकारी नै यसरी भ्रस्टाचारमा मुछिएपछी सम्पुर्ण संगठनलाई ठूलो धक्का लागेको छ । सशस्त्र प्रहरी बलको बिस्वस्नियता माथी यसले प्रश्नचिह्न खडा गरेको छ । के यसकै लागि सशस्त्र प्रहरी भन्सार चेकजाँचमा खटाइन्थ्यो ? यो त सुरुवात हो, माथीबाटै अनुसन्धान सुरु भएको अवस्थामा तलका अझ कति समेटिन्छन हेर्न बाकी नै छ ।
भ्रस्टाचार बिरोधी अभियानमा अख्तियारलाई सम्पुर्ण स्वच्छ न्यायप्रेमी नेपालिले साथ दिनुपर्छ । आफू आम अनुसन्धान परिधिभन्दा बाहिर रह्न रुचाउने नेपाली सेना भित्र पनि भ्रस्टाचारका कुरा बेलाबखतमा नआएका होइनन् । के अख्तियारले नेपाली सेना भित्रका अनियमिततासम्म आफ्नो दृस्टी पुर्याउन सक्ला ?
No comments:
Post a Comment