Monday, August 15, 2016

पिछ्डावर्गको महाधिवेशन सम्पन्न, कौशल सिंहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति
















नेपाल पिछड़ावर्ग (OBC) महासंघले पुनः कौशल कुमार सिंहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यहि २०७३ साउन २९ र ३० गते राजधानीमा सम्पन्न महासंघको राष्ट्रिय महाधिवेशनबाट सिंह निर्बिरोध अध्यक्ष छानिएका हुन् । काठमाडौं, ललितपुर सहित २२ जिल्लाबाट आएका विभिन्न जात तथा जातीय संस्थाका झन्डै २०० जना महाधिवेशन प्रतिनिधि सम्मीलित उक्त महाधिवेशनले सिंहको साथै अन्य २० जना केन्द्रीय सदस्य समेत चयन गरेको छ ।
सदस्यहरूमा श्रीमती इन्दिरा साह, श्री योग नारायण राय, श्री सि. एन. खड्गा, श्रीमती पुष्पा साह, श्री राहुल कौशल, श्री मुन्ना कुशवाहा, श्री नारायण यादव, श्री धनीराम महतो, श्रीमती निर्मला महतो, श्री राजकिशोर चौरसिया, श्री रामचन्द्र मुखिया, श्री राम नारायण साह, श्री अरूण कुमार महतो, श्री शंकर दास, श्री उपेन्द्र यादव, श्री प्रविष कुमार महतो, श्री मौजेलाल प्रसाद जयसवाल, श्री कामेश्वर मण्डल र श्री हरेराम ठाकुर रहेका छन् । महाधिवेशनमा एक दर्जन बढी सकृय जातिय संस्थाहरुको समेत सहभागिता रह्यो । 
जनसंख्या तथा वातावरण मन्त्री माननीय जयदेव जोशिको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनको उद्घाटन समारोहमा सांसद मा. प्रेम बहादुर सिंह र मा. हरिचरण साहका साथै अन्य विभिन्न पार्टीका प्रतिनिधिहरु समेतको उपस्थिति थियो । 
उक्त अवसरमा महासंघका संस्थापक तथा उपाध्यक्ष श्री श्यामसुन्दर गुप्ताका साथै गायिका अञ्जली पटेललाई उनको योगदानको लागि सम्मान गरिएको थियो । त्यस्तै देशको पश्चिमी भागमा महासंघको संगठन बिस्तारमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका स्व. लोकनाथ बर्मालाई पनि मरणोपरान्त सम्मान गरिएको थियो । 
यसका अतिरिक्त महासंघलाई महत्वपूर्ण कानुनी परामर्श र सहयोग पुर्याउनु हुने बरिस्ठ अधिवक्ता श्री मिथिलेश सिंह र अधिवक्ता श्री बिरेन्द्र ठाकुरलाई उनको योगदानको उच्छ मुल्यांकन गर्दै कदरपत्र प्रदान गरिएको थियो । 
महासंघले आवद्ध सहयोगी जातिय संस्थाहरुलाई समेत कदरपत्र प्रदान गरेको थियो । कदरपत्र पाउने संस्थाहरुमा यादव सेवा समिती, बरही कल्याण समाज, चौरसिया समाज नेपाल, आदि छन् । 
उक्त अवसरमा अध्यक्ष श्री कौशल कुमार सिंहले लेख्नुभएको "संघर्षमा पिछ्डावर्ग" नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । लेखक सिंहले पुस्तकमा पिछ्डावर्गको अधिकार आन्दोलनमा भएगरेका संघर्ष, प्राप्त उपलब्धी, कमिकमजोरी र आगामी लक्ष्य र कार्यदिशा बारे उल्लेख गरेका छन् ।